Logo
Logo

भरुवा बन्दुकसहित विभिन्न हातहतियार बरामद


630
Shares

रूकुम पश्चिम । बाफिकोट गाउँपालिका–१ कुवाखोलास्थित ओडारबाट भरूवा बन्दुक २ थान, भरुवा बन्दुकको नाल १ वटा, भरूवा बन्दुकमा प्रयोग हुने बारूद ५ सय ग्राम र छर्रा १ किलो बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र प्रहरी चौकी पिपलबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त ओढारमा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्