Logo
Logo

सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्चको आदेश


8.3k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन (मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न) आदेश दिएको हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् ।

यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ ।

जसलाई ‘सुरू सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्