काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ ।
यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने केही भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा र पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानमा हावाहुरीको सम्भावना महाशाखाले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














