Logo
Logo

चितवन जाँदै प्रधानमन्त्री प्रचण्ड


441
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाँदैछन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् ।

सोक्रममा प्रधानमन्त्रीले चितवनको भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । आज दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पहिलो चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको बताएकी छन् । भरतपुर भ्रमण बर्षलाई प्रवद्र्धन गर्नका लागि यस्ता प्रतियोगिता, विभिन्न संघसंगठनका भेला, महाधिवेशन जस्ता कार्यक्रमहरु भरतपुरमा आयोजना भैरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्