Logo
Logo

नेपाली कांग्रेसले तोक्यो निर्वाचन परिचालन संयोजक


378
Shares

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा (१)को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेशसभा १ मा एनपी साउद संयोजक बनाएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा एमालेका नेता सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंह सडक दुर्घटनामा मृत्यु भएपछि बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुन लागेको हो । अभिषेक सिंह पूर्वमन्त्री पृथ्वीबहादुर सिंहकै छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्