Logo
Logo

साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीका दरबन्दी थप



काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । शुक्रबार बसेको मन्त्रिरिषद बैठकले दुई डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको मन्त्री शर्माले बताए ।

प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष दरबन्दी थप्न प्रस्ताव गरेको थियो । तर, प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको दरबन्दी भने थपिएन । ६ महिनाअघि नै प्रहरी प्रधान कार्यालयले विशेष दरबन्दीको प्रस्ताव अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्