Logo
Logo

सुनको मूल्य एक लाख ३६ हजार २ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । दिनहुँजसो उकालो लागिरहेको सुन आज प्रतितोला ६ सय रुपैयाँले बृद्धि भई नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३६ हजार २ सय कायम भएको छ । यसअघि हिजो आइतबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ६ सय थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला एक हजार छ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार ६ सय ८५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्