
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिका क्षेत्रमा फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।दुई समूहबीचको तवान कम नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जानकारी दिएको हो ।
शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला, प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्ने/नगराउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो । हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो ।
उता इनरुवा नगरपालिका, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा भने प्रशासनले सोमबार बिहान १० बजेदेखि कर्फ्यु खुकुलो बनाएको छ ।















