Logo
Logo

एसीसी मेन्स कप खेल्ने टिमको घोषणा, को-को अटाए ?



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा गरेको छ ।

शुक्रबारदेखि ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन् ।

खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ अप्रिलमा मलेसियासँग खेल्ने छ । नेपाल र मलेसियाबीचको खल ओमानमा दिउँसो ४ः १५ बजेबाट सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपलले कतारसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कतारबीचको खेल १३ अप्रिलमा ४ः १५ बजे नै सुरु हुनेछ । त्यस्तै अर्को खेलमा नेपालले हङकङसँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । १७ अप्रिलमा नेपालले साउदी अरबसँग खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

खेलमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार र हङकङले सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्