Logo
Logo

जसपाको समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन


945
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ । मंगलबार काठमाण्डौको खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा आयोजित र्राष्ट्रिय भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो । भेलाले सङ्गठनको विधान पारित गरेको छ ।

आपतकालिन उद्धार, विपत व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत बज्राचार्य, रेखा यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्