Logo
Logo

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालन 



काठमाडौंं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एन्ड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । 

यसअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ ।

परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ । यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्