Logo
Logo

चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा सुमनालाई गगनले दिए धन्यवाद


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आफूहरूको साथ रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिवेदन सार्वजनिक गरेकोमा सामाजिक सञ्जालमार्फत शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिँदै उनले प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्रीज्यूलाई धन्यवाद ! आयोग बन्ने, तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ।’

प्रतिवेदनले आधार र कारण खुलाएर कारबाहीको सिफारिस गरेकाहरूलाई कारबाही गर्नुपर्ने भन्दै थापाले त्यसमा कांग्रेसको साथ रहने प्रतिबद्धता जनाएका छन्। उनले थप लेखेका छन्, ‘प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् । त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेछ। यससँगै प्रतिवेदनले आधार र कारण खुलाएरै ज-जसलाई कारबाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ। र, यो सत्प्रयासमा हाम्रो साथ रहने प्रतिबद्धता पनि।’

प्रतिक्रिया दिनुहोस्