Logo
Logo

नयाँ वर्षमा ‘टिभिएस मेरो साथी’ लाइफटाइम वारेन्टी अफर



काठमाडौं । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसरमा ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । 

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराउने भएको छ ।  

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्रान्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स फिचरहरू राख्दै प्रयोगकर्ताहरू माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । 

स्मार्ट कनेक्ट , रेस ट्युन फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टिभिएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले टिभिएका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर सर्ट सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्याङ्कन, बजारकै सबै भन्दा कम इएमइ तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । 

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्