Logo
Logo

शेखर कोइराला र किरात धर्मगुरु आत्मनन्द लिङ्देनबीच भेट



इलाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले आज इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे ।

गिरिजाप्रसाद कोइराला ३ पटक आफुलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने, ‘गिरिजाप्रसादपछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईँको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्