Logo
Logo

सरकारलाई भष्टचार गर्न संकटमा सहज हुन्छ कि कसो ?


नवल खड्का


  • नवल खड्का

काठमाडौं, २० चैत । भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा सम्बन्धित पीडितसम्म पुग्न सकेन, बरू त्रिपालदेखि अन्य सामग्री मन्त्री र पहुँचवालाको कब्जामा पुग्यो । सरकार र आसेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे । आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि ।

नवल खड्का

यसपटक यस्तै देखिँदैछ । हुन त अरूबेला पनि भष्टचार नभएको त कहाँ हो र ? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, एनसेल काण्ड आदि इत्यादि । कति छन् कति । तर, अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्तो रहेछ, त्यहाँमाथि स्वास्थ्यजस्तो संवेदनशील बिषयमा हेलचक्राई भैरहेको अवस्था छ । यो महामारीको स्थितिमा सबै सहयोगमा जुट्नपर्ने हो ।
कोभिड–१९ विश्वमहामारीले विश्वभरका राजा र मन्त्रीका ढोकामा दस्तक दिइरेका छन् । तर, यहाँ पुतली बगैँचाको पालमुनी बसेको निर्णयले करौंडोको भ्रष्टाचारको कुरा आइरहेको छ । नेपाली जनताको जिउँधन माथि खेलवाड गरिँदैछ । सिमानामा अलपत्र परेका जनतालाई देशमा ल्याउने, स्वास्थ्य उपचार, आर्थिक चाँजोपाँजो मिलाउनुपर्नेमा लाठीचार्ज गरिँदैछ । त्यसमाथि औैषधि उपकरणमा भ्रष्टचार गर्नु यही हो शून्य भ्रष्टचारप्रति शहनशीलता ?
जनतालाई दिइने भनिएका राहत प्याकेज पुगेका छैनन् । भारतले जेजे गर्छ, त्यसैको कपि गरिएको छ । नेपाल सरकार आफ्ना पनि योजना भए तुरुन्त लागु गर । यो सबै क्षेत्रका श्रमजीविलाई लगायत चलचित्र क्षेत्रका श्रमिकहरु कहाँ पनि पुग्नुपर्छ । यसमा ढिलाई गरिनु हुँदैन । सरकारमा रहेका केही मन्त्रीहरुले गरेका भष्ट्राचारले सरकार नै बदनाम भइसकेको छ । यसबारे नेपाली जनता वाक्क भइसकेका छन् र उचित समयमा जनताले छिनोफानो गर्नेछन् ।
अन्तमा, दिनरात खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी प्रति मनैदेखि सलुट गर्दछु । सञ्चारकर्र्मी समाजसेवी, स्थानीय पालिकाका कार्यकर्ताहरुले विदेश फर्केका नेपालीको लगत राखेर उहाँहरुमा जनाउनुभएको सद्भावप्रति चलचित्रकर्मीको नाताले सम्मान गर्दछु । किनकि त्यही लगतले महामारीविरुद्ध लड्न सघाउँदैछ । साथै दुस्ख, पीडासँग जुधिरहनु भएका देश बिदेशमा रहनुभएका आम नेपाली दाजुभाई तथा दिदीबहिनी साथै विश्वका मानवजाति प्रति ऐक्यबद्धता कायम हुन सके यो भयावह अवस्थाबाट मुक्ति पाउन सकिन्छ ।

(नोट : खडका, चलचित्रकर्मी तथा सामाजिक अभियन्ता हु्नुहुन्छ)

प्रतिक्रिया दिनुहोस्