Logo
Logo

पारिवारिक द्वन्द्वमा ‘एउटा सपना’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ चैत । मिडिया क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा ‘एउटा सपना’ नामक लघुचलचित्र निर्माण भएको छ ।
झापाको दमकबाट सञ्चालित मौलिक टिभी यूट्युव च्यानलले निर्माण गरेको लघुचलचित्र ‘एउटा सपना’मा निरन राईको छाँयाकन तथा सम्पादन रहेको छ ।
उक्त लघुचलचित्रमार्फत युुवाले देख्ने सपना र अभिभावकले आफ्ना सन्ततीबाट अपेक्षा गर्ने सपनाविच द्धन्द्धलाई प्रस्तुत गरिएको छ । कथासार अनुसार कथाकी मुख्यपात्र मायाको उद्घोषिका बन्ने सानैदेखिको सपना हुन्छ । तर, मायाको बुवालाई त्यो पेसा मनपर्दैन । र, परिवारमा द्धन्द्ध सुरुहुन्छ ।
उक्त घुचलचित्र देशराज नेम्बाङ, कौशिला खेवा, उमा सम्बाहाम्फे, नरवीर गोम्देल, ओममाया आङदेम्बेलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्