Logo
Logo

सेयर लगानीकर्ताले घोषणा गरेको आन्दोलन फिर्ता



काठमाडौं । सेयर लगानीकर्ताले घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । अर्थमन्त्रालले लगानीकर्ताका जायज मागहरुलाई लगानी सम्मेलन लगत्तै वार्तामा बसी पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको भन्दै सेयर लगानीकर्ताहरुले घोषणा गरेको आन्दोलनका पूर्ववत कार्यक्रम फिर्ता लिएका हुन् ।

आन्दोलनका संयोजक उपेन्द्र पाठकले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको बताएका छन् । ‘हाल देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका लागि स्थगित गरिएको पाठकको भनाई छ ।

उनले सम्मेलन लगतै वार्तामा बसी समस्या समाधान गर्नेतर्फ अर्थमन्त्रालय अग्रसर नभए आन्दोलनका कार्यक्रम पुनः जारी राख्ने चेतावनीसमेत दिएका छन् । योसँगै ब्रोकर बन्द कार्यक्रम पनि फिर्ता भएको छ । आन्दोलनका अर्का अगुवा तिलक कोइरालाले ब्रोकर बन्दसहित सबै कार्यक्रम फिर्ता भएको पुष्टी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्