Logo
Logo

भल्ट फुटाएर नबिल बैंकको १ करोड चोरी


533
Shares

काठमाडौं । नबिल बैंकको शाखा कार्यालय लुटिएको छ । वीरगन्जस्थित नबिल बैंकको बाइपास शाखा आइतबार मध्यरातमा लुटिएको हो । बैंकले बैंकबाट १ करोड चोरी भएको पुष्टि गरेको छ ।

नबिल बैंकले दिएको जानकारी अनुसार आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्टबाट १ करोड रुपैयाँ लिएर भागेको बैंकको सिसिटिभीमा देखिएको छ । रकम लुटिएपछि सोमबार बैंकको काम कारबाही केही समय रोकिएको थियो । मङ्गलवारबाट सो शाखा नियमित सञ्चालनमा आएको छ ।

यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगन्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिन बैंकले अनुरोध गरेको थियो । बैंक लुटिएपछि आइतबार शाखा कार्यालयको गेटमा सूचना टाँसिएर बैंकका काम स्थगित गरिएको थियो ।

बैंकले दिएको जानकारी अनुसार बैंकमा भएको रकम चोरीका विषयमा बैंकले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले लुटेराहरू पक्राउ गरिसकेको र लुटिएको रकम फेला नपरेको खण्डासमेत इन्स्योरेन्स कम्पनीबाट भरपाई हुने हुनाले बैंकलाई आर्थिक क्षति नभएको दाबी गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । रातको समयमा सुरक्षा गार्डसमेत नभएको मौका छोपी लुटेराहरूले रकम लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप बुझ्न बैंकको प्रादेशिक कार्यालयबाटसमेत प्रतिनिधि घटनास्थल पुगेका छन् ।

सोही दिन नबिलको शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको प्रहरीको भनाई छ । बाइपास शाखाको गत वर्ष जेठ १८ मात्र उद्घाटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्