Logo
Logo

उकालाे लाग्याे जीडीपीः आकार ५७ खर्ब ४ अर्ब ८ करोड



काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५७ खर्ब ४ अर्ब ८ करोड पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार जीडीपी ४ खर्बले बढेको हो ।

मंगलबार तथ्यांक सार्वजनिक गर्दै कार्यालयले चालु वर्षको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यको आधारमा ३.८७ प्रतिशत हुने अनुमान गरेको छ ।


यस्तै, आधारभुत मूल्यमा ३.५४ प्रतिशत हुने अनुमान छ । यस्तै, प्रतिव्यक्ति आम्दानी १३ सय ९९ डलर अर्थात १ लाख ८६ हजार ८ सय ९६ रुपैयाँबाट बढेर १४ सय ५६ डलर अर्थात एक लाख ९४ हजार ५ सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्