Logo
Logo

नेपालीको प्रतिव्यक्ति आय ४५ डलरले बढ्ने संकेत



काठमाडौं । यस वर्ष नेपालको प्रतिव्यक्ति आय ४५ डलर वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १४ सय ३४ अमेरिकी डलर हुने अनुमान गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा १३ सय ८९ डलर प्रतिव्यक्ति आय रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम तथ्यांकअनुसार १४ सय ११ डलर आय रहेको तथ्यांक कार्यलयले उल्लेख गरेको छ ।

यता चालू आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ५६ अमेरिकी डलर हुने अनुमान छ ।
गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ०५ अमेरिकी डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्