काठमाडौं । नबिल बैंकको पैसा लुटेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ३ जना नेपाली र १ जना विदेशी नागरिक छन् ।

प्रहरीले बैंक लुटन संलग्नहरू भेटिए पनि पैसा फेला पार्न नसकेको जनाएको छ । पैसाको सन्दर्भमा प्रहरीले अनुसन्धान जारी राखेको छ । लुटेको पैसा नेपाल बाहिर गइसकेको हुनसक्ने आशंका प्रहरीको छ ।
प्रहरीले पक्राउ परेकाहरूसँग बयान लिने र अनुसन्धान गर्ने काम गरिरहेको छ । लुट प्रकरणपछि नबिल बैंकको बाइपास शाखा सञ्चालनमा छ । सञ्चालनमा आए पनि त्यहाँका कर्मचारीहरू ‘फ्रेश’ भएर काम गर्न नसकेको बैंक सञ्चालकहरूले बताएका छन् ।














