काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयर धनीहरूको नाममा रहेको ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयर धनी सीता गुरुङको नाममा रहेको ८० हजार कित्ता, दिनेश विक्रम श्रेष्ठको नाममा रहेको ७ हजार ९ सय १४ कित्ता, रघुनाथ घिमिरेको १ हजार ९ सय ७९ कित्ता, राम भरोसा वैद्यको ५ हजार ९ सय ३८ कित्ता, सञ्जय नारायणको नाममा रहेको १ हजार ३ सय १९ कित्ता सेयर गरी कुल ९७ हजार १ सय ५० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयर धनीहरूले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैङ्कको सेयर रजिस्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं, नक्साल वा कुमारी बैङ्कको प्रधान कार्यालय टंगालमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा सेयर धनीहरूबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई आवेदन खुल्ला गर्ने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।














