Logo
Logo

ब्रोकर कमिसन घटाउने निर्देशन कार्यान्वयनमा समस्या


252
Shares

काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कमिसन घटाउन दिएको निर्देशन नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्न सकेको छैन । अध्यक्ष नभएकाले कार्यान्वयन समस्या भएको बोर्डका एकथरी अधिकारीको भनाई छ भने प्राविधिक कारणले कार्यान्वयन हुन नसकेको अर्काथरी अधिकारीहरूले बताएका छन् ।

यसअघि रमेश हमालले कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएका थिए । तर, मन्त्रालयले स्वीकृति गरेर पठाएको फाइल रोकिएको छ ।

ब्रोकरहरुको दबाबपछि बोर्डले निर्णयलाई कार्यान्वयनमा लैजान नसकेको कतिपयले टिप्पणी गरेका छन् ।  बोर्डले हालको शुल्कमा १० प्रतिशत घटाउने गरी निर्णय गरेर अर्थ मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले सोहि अनुसार स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्