Logo
Logo

काठमाडौं महानगरको दुई पालिकाका अग्नी पीडितलाई २० लाख सहयोग


315
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरूप १०÷१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम अनुदान सहायता स्वरूप सहयोग गर्ने भएको हो ।

आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ । यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ ।

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो । यस्तै ८ र ९ वैशाखमा गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो ।

काठमाडौं महानगरले यसअघि महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्