Logo
Logo

गोङ्गबुको होटेलमा युवतीको मृत्यु, एक युवक पक्राउ



काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित स्टार जोन होटेलमा एक युवतीको मृत्यु भएको छ । साथीसँग होटेलमा गएका मोरङको लेटाङ नगरपालिका–२ घर भई हाल बाँसबारी बस्ने ३१ वर्षीय कल्पना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताएका छन् ।

अधिकृतका अनुसार युवती होटेलको शौचालयमा झुन्डिएको अवस्थामा फेला पारेपछि सँगै गएका चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्की र होटेल सञ्चालकले फेला पारेका थिए ।

युवक र होटेल सञ्चालकले झुन्डिएका युवतीको पासो काटेर त्रिवि शिक्षण अस्पताल पुराएका थिए । उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका छन् । प्रहरीले सँगै गएका कार्कीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्