Logo
Logo

जसपाले पायो नयाँ दलको मान्यता



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिने निर्णय गरेको छ । केन्द्रीय सदस्य वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए हुने नियमावलीअनुसार नयाँ दल दर्ता भएको जनाउँदै आयोगले अशोक राई नेतृत्वको जसपालाई मान्यता दिने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले आज बसेको आयोगको बैठकले अशोक राईनेतृत्वको जसपालाई नयाँ दलको मान्यता दिने निर्णय गरेको जानकारी दिए ।

आइतबार जसपाका कार्यवाहक अध्यक्ष एवं सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले मूल पार्टीबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यता आजै जनता समाजवादी पार्टी नेपालले आइतबार दल विभाजनसम्बन्धी निर्वाचन आयोगमा दिएको निवेदन अवैधानिक भएको दाबी गरेको छ ।

जसपाका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्तिमार्फत दल विभाजन भएको भ्रममा नपरी सबै केन्द्रीय सदस्यलाई पार्टीले तोकेको जिम्मेवारीमा लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्