Logo
Logo

जेठ १ गतेदेखि घट्दै ब्रोकर कमिसन



काठमाडौं । नेपाल धितो पत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ । जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउन लागेको हो । धितो पत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ महिना देखि ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । तर, सो निर्णयमा सबै सञ्चालकले हस्ताक्षर गर्न भने बाँकी छ ।

सारांश धितो पत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गते देखि ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो । लगानीकर्ताले हाल सेयर कारोबारमा तिर्दै आएको ब्रोकर कमिसनमा १० प्रतिशत घट्ने जनाइएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लिँदै आएको छ । ब्रोकर कमिसन घट्ने भएपछि सेयर लगानीकर्ताहरू उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्