Logo
Logo

अभिराम शर्माको निलम्बनप्रति असन्तुष्टि जनाउँदै सभामुखलाई लोसपाको पत्र



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गर्ने निर्णय विरुद्ध प्रदेश सभामुखलाई पत्र लेखेको छ ।

सोमबार एक पत्र लेख्दै लोसपाका उपनेता उपेन्द्र महतोले संघीय संसदमा नेपाली काग्रेसका सांसद टेकबहादुर गुरुङ सर्वोच्च अदालतको आदेशले निलम्बन फुकुवा हुँदै संसद् बैठकमा सहभागी भएको दाबी गर्दै शर्माको निलम्बन गलत भएको तर्क गरेको छ ।

महतोले प्रदेश सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै सांसद शर्मामाथि गरिएको निलम्बन सच्याउन माग गरेका हुन् । शर्मा लोसपा मधेश संसदीय दलको नेता भएको र उनको फैसला अन्तिम नभई जिल्ला अदालत तहबाट मात्र निर्णय भएकाले निलम्बन गर्नु गलत भएको दाबी गरिएको छ ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मङ्सिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्