Logo
Logo

रास्वपा संसदीय दलको बैठक बस्दै, के छ एजेण्डा ?




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बस्ने भएको हो ।

बैठकमा यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनका सन्दर्भमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत समसामयिक विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्