Logo
Logo

डिभोर्सको फैसला आउनुअघि नै अदालतभित्रै श्रीमानले कुटे श्रीमती



काठमाडौं । सम्बन्धविच्छेद मुद्दाको पेसी लिन गुल्मी जिल्ला अदालत पुगेका श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् ।
सोमबार गुल्मी जिल्ला अदालत भवनभित्रै छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् ।

न्यायाधीशले हिजो सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो । तर न्यायाधीशकहाँ जान नपाउँदै दिपकले सिँढीमै मनसुवालाई निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ । दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीकी मनसुवाबीच ६ वर्षपहिले विवाह भएको थियो । सम्बन्ध बिग्रिएपछि विगत एक वर्षदेखि अलग्गै बस्दैआएका उनीहरुले ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्