Logo
Logo

पर्यटकलाई हैरान पार्ने पाँचजना पोखराबाट पक्राउ



काठमाडौं । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई लेक साइड र हल्लन चोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माले जानकारी दिए ।

उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्