Logo
Logo

अछाममा चट्याङ लागेर बालकको मृत्यु



काठमाडौं । चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका–७ मा एक बालकको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्