Logo
Logo

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीद्वारा दाबी पेश



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् । उनले माओवादी केन्द्रको समर्थनमा ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । हिक्मत कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । उनी तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्