Logo
Logo

त्रिविका अवकाशप्राप्त कर्मचारीको पेन्सन मासिक २५ करोड



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ । अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रुपैयाँ भुक्तानी गर्दै आएको हो । आगामी आर्थिक वर्षमा पेन्सनका लागि ३० करोड खर्च गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ ।

२०९० बाट भने धेरै कर्मचारीहरूले अवकाश पाउने र उनीहरूलाई पेन्सन दिन मासिक ४० करोड खर्च गर्नुपर्ने त्रिविका रेक्टर प्राडा केदारप्रसाद रिजालले जानकारी दिए । यसरी मासिक करोडौँ रुपैयाँ पेन्सनको नाममा खर्च गर्न सक्ने क्षमता त्रिविसँग नरहेको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा १६ हजार २२ जना शिक्षक कर्मचारीको दरबन्दी छ । ती मध्ये धेरै जसो दरबन्दी खाली छ ।

विश्वविद्यालयका विभिन्न निकायहरूमा सात हजार ६७४ कर्मचारी छन् । त्यस्तैगरी ५ अध्ययन संस्थान, ४ सङ्काय र अनुसन्धान केन्द्रहरूमा आठ हजार ३४० शिक्षकहरू छन् ।

यसका अतिरिक्त आङ्गिक क्याम्पसहरूमा करारमा, कोर्स करारमा र आंशिकमा ठुलो सङ्ख्यामा शिक्षकहरू छन् । आङ्गिक क्याम्पसहरूले ठुलो सङ्ख्यामा विश्वविद्यालयको स्वीकृत लिएर आन्तरिक स्रोतबाट तलब दिने गरी करारमा शिक्षकहरूलाई नियुक्ति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्