Logo
Logo

मधेस सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता


882
Shares

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले प्रदेश संसदीय दलले समर्थन फिर्ता लिएको हो ।

एमालेबाट सरोजकुमार यादव, प्रमोदकुमार जैसवाल, राजकुमार लेखी र शत्रुधन सिंह मन्त्री तथा केशव राय र शारदा थापा राज्यमन्त्री थिए ।

यसअघि आजै माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेका छन् ।
मधेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार छ ।

प्रतिक्रिया दिनुहोस्