Logo
Logo

मधेश सरकार अल्पमतमा, एमाले नेतृत्वमा आज चार दलले दावी पेश गर्ने


630
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष चार दलले आज दाबी पेश गर्ने भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र आइतबार मधेश सरकारबाट बाहिरिएका थिए । साथै, मधेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।

आइतबार भएको छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुंगो लागेको हो । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले बताए ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । तर, सरकारको दावी गर्न लागेका चार दलसँग ५५ सांसद छन् ।

अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादीले सरकार छाडेपनि नेकपा एकीकृत समाजवादीले भने समर्थन कायमै राखेको छ । यद्दपी, मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्