Logo
Logo

कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत


378
Shares

विराटनर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् ।

आज (सोमबार)देखि सुरु प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । सरकार गठनको प्रक्रिया सम्बन्धिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेसले भने बहिस्कार गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो । बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, कांग्रेस दलको बैठक नसकिएपछि दिउँसो एक बजेबाट बैठक सुरु भएको थियो ।

बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ । विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए ।

मुख्यमन्त्री कार्कीलाई एमालेसहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले पनि विश्वासको मत दिने भएका छन् । ९३ सदस्सीय कोशी प्रदशमा बहुमतको लागि ४७ सांसदको सर्थन आवश्यक रहन्छ ।

कोशी प्रदेशमा एमालेको सभामुखसहित ४०, माओवादीको १३ र एकीकृत समाजवादीको चार सांसद् रेहका छन् । यस हिसाबमा मुख्यमन्त्रीले विश्वासको मत पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्