Logo
Logo

नगर प्रहरी कुटेर भागेका युवक पक्राउ


3.9k
Shares

काठमाडौं । काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेर भागेका एक युवक पक्राउ परेका छन् । बनेपाको चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको वैशाख २५ गते नगर प्रहरीमाथि कुटपिट भएको थियो ।

कुटपिटमा संलग्न तीन महिला र एक पुरुषलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो । तर, कुटपिट गरेर फरार रहेका पाँचखाल–८ का २३ वर्षीय सुरज काफ्लेलाई भने घटनाको ६ दिनपछि पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

उनलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । त्यतिबेला नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्