Logo
Logo

आज सुनको मूल्य एक लाख ४० हजार ९ सय पुग्यो


693
Shares

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुन एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसअघि बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

शुक्रबार ७ सयले घटेको सुन आइतबार १६ सयले बढेर नयाँ रेकर्ड गरेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेर एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्