Logo
Logo

बागमतीमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल


126
Shares

मकवानपुर । बागमती प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आइतबार कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए ।

उनीहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरेका छन् ।

उनीहरुले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए ।

यसैगरी सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयो गरी राजस्व सङ्कलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उनीहरूले आग्रह गरे ।

यस्तै काठमाडौं उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन् । बैठकमा प्रदेश सभाका सदस्यहरुले सुझाव प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्