Logo
Logo

बाणिज्य बैंकको सीईओका लागि उत्कृष्ट ५ जना छनोट


1.1k
Shares

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको सीईओ बन्ने प्रतिष्पर्धामा रहेकामध्ये उत्कृष्ट ५ जनाको सूचि सार्वजनिक भएको छ । सीईओ छनौट समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीको नाम टप फाइभमा समावेश गरेको हो ।

५ जना प्रतिष्पर्धीहरुलाई अन्तरवार्ता र प्रस्तुतिकरणका लागि जेठ ९ गते बोलाईएको छ । उनीहरु मध्ये गोरखाका खनाल र लमजुङका अधिकारीबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । गोरखा स्थायी घर भएका खनाल माओवादी निकट व्यक्ति मानिन्छन् । उता, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी पनि अर्का प्रवल दावेदार हुन् । उनी नेकपा एमालेसँग नजिक छन् ।

यीनै दुईमध्ये एक जनाले राष्ट्रिय बाणिज्य बैंकको सीईओको जिम्मेवारी पाउने सम्भावना छ । नेपाल राष्ट्र बैंकपछि राष्ट्रिय बाणिज्य बैंकको सीईओलाई अर्काे शक्तिशाली पद मानिन्छ । न्युन ब्याजमा सस्तो ऋण पाइने भएकाले पनि यो बैंकको नेतृत्वमा आफ्ना मान्छेलाई पुर्याउन कर्पाेरेट हाउसहरुबीच पनि तिब्र प्रतिष्पर्धा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्