Logo
Logo

सिइओ नियुक्तिमा पीएको चलखेल


3.3k
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन दिनेहरुमध्येबाट ५ जनाको नाम सर्टलिष्टमा निकालिएको छ । ५ जनालाई सर्टलिष्टमा निकाली अन्तर्वार्ताका लागि बोलाइएको छ । प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि सिफारिस गर्न गठित प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिको आइतबार बसेको बैठकले उक्त सिफारिस गरेको हो ।

देवेन्द्ररमण खनाल

अन्तर्वार्ताका लागि सिफारिस भएका पाँच जनामा कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के.सी. छन् । प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले सिफारिस भएका पाँचै जनालाई बुधबार (जेठ ९ गते) प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

सीईओ नियुक्तिका लागि बाणिज्य बैंकका बर्तमान निमित्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रधानमन्त्री कार्यालयका पीएहरुमार्फत् अर्थमन्त्री बर्षमान पुनलाई तीव्र दबाब दिएका छन् । सीइओ नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाममा उनका स्वकीय सचिव रमेश मल्लले दबाब दिने गरेका छन् ।

रमेश मल्लमार्फत् देबेन्द्र खनालले सीईओका लागि चलखेल गरेका हुन् । विद्यार्थी राजनीतिबाट आएका मल्ललाई खनालले लाजिम्पाटमा अपार्टमेन्ट नै खरिद गरिदिएकाले पनि उनको पक्षमा अर्थमन्त्रीलाई अस्वभाविक दबाब दिने काम प्रधानमन्त्रीको नाममा हुँदैआएको माओवादी बृत्तमा चर्चा छ । विद्यार्थी राजनीतिबाट आएका मल्लले अपार्टमेन्ट खरिद गरेको बिषय र बाणिज्य बैंकमा खनाललाई सीईओ नियुक्तिका लागि अत्यधिक दबाब दिएपछि अर्थमन्त्री पुनलाई सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस्