Logo
Logo

सुनको मूल्य उच्च भएपनि आयात चुलियो


441
Shares

काचठमाडौं । सुनको मूल्य निरन्तर बढेपनि आयात चुलिएको छ । प्रतिमहिना औसत २ सय किलोआसपास आयात भइरहेको हुन्छ । गत वैशाखमा ५ सय ५० किलो सुन आयात भयो । ब्याजदर घटेको र सेयर बजार सुस्ताएका वेला सुनमा लगानी बढिरहेकाले आयात चुलिएको बैंकरको दाबी छ ।

वैशाखमा सबैभन्दा बढी परिमाणमा सुन आयात भएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाखमा माग बढेका कारण सुनको आयात बढेको हो । आयात भएमध्ये जेठ ४ गते सम्म ३ सय ३७ किलो सुन बिक्री भई २ सय १३ किलो विभिन्न बैंकमा मौज्दात रहेको संघले जनाएको छ ।

चालू आर्थिक वर्ष ०८०/८१ को सुरुबाटै सुनको भाउ उकालो लागिरहँदा माग घटेर प्रतिमहिना औसत २ सय किलोआसपास आयात भइरहेकोमा वैशाखमा भने ह्वात्तै पाँच सय ५० किलो आयात गर्नुपरेको संघले जनाएको छ । चैतमा माग नभएकाले बैंकहरूले सुन आयात भएन । वैशाखको पहिलो साता सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

उक्त मूल्य स्थिर रहने र कहिले सामान्य दरले घटबढ भई वैशाखभर उच्च मूल्यमा सुनको कारोबार भयो । जेठ ७ गते भने वैशाख महिनाको रेकर्ड तोड्नै सुन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भयो । जुन हालसम्मकै बढी रकमको कारोबारसमेत हो ।

मूल्य उच्च भएकै कारण तिज, दसैँ–तिहार र विवाहको सिजनमा समेत न्यून परिमाणमा खपत भएको थियो । तर वैशाखमा उच्च माग संघका प्रमुख कार्यकारी अघिकृत (सिइओ) अनिल शर्माले बताए ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सर्वसाधारणले सुन किनेर मौज्दात राखेको हुन सक्ने बताए । यस्तै बैंकर्स संघका अनुसार १८ चैत ०८० देखि ४ जेठ ०८१ सम्मको डेढ महिनामा चार सय ५५ किलो नयाँ सुन बिक्री भएको छ । अघिल्ला महिनाहरूमा मासिक औसत २ सय ५० किलो सुन बैंकबाट बिक्री हुने गरेको थियो । तर, पछिल्लो डेढ महिनामा दोब्बर परिमाणले सुनको माग भएको छ ।

प्रतिक्रिया दिनुहोस्