Logo
Logo

सुन-चाँदीको मूल्य घट्यो


504
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्