Logo
Logo

कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग गृहमन्त्रीको अभिव्यक्तिको जवाफ


504
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ ।

आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कि प्रधानमन्त्रीले वन गर्नुस् । होइन भने सदनबाट हटाउन भन्नुस् । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’

जेठ ६ गतेको प्रतिनिधिसभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए । त्यसपछि संसद बैठकलगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्