Logo
Logo

टेलिकममा सुनिलपछि पहाडी तानिने


1.1k
Shares

काठमाडौं । नेपाल टेलिकमको बिलिङको टेन्डरमा अख्तियारले चासो देखाएपछि खैलाबैला मच्चिएको छ । त्यसमाथि यस मामलामा महालेखापरीक्षकको प्रतिवेदनमा समेत उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनमा बिलिङ सफ्टवेयर स्तरोन्नति कार्यवापत् हालसम्म ५७ लाख ९२ हजार खर्च भएको उल्लेख छ । यो भनेको झण्डै एक अर्ब नेपाली रुपैयाँ हो ।

टेलिकमले बिलिङसम्बन्धी ठेक्का फाइल नै नदेखाएकाले महालेखाले लागत अनुमान, सम्झौता प्रक्रिया, सम्झौता रकम, सम्झौता पालनास्थिति, भुक्तानीका शर्तलगायत पक्षमा विश्लेषण गर्न नसकिएको जनाएको छ ।

रोचक त यो छ कि बिलिङको खेलमा अख्तियारले मुद्दा दायर गरी जेल गएका सुनिल पौडेल र टेलिकमकी हालकी निमित्त प्रबन्धक निर्देशक संगीता पहाडीको संलग्नता देखिएको छ । यसमा टेलिकमका अन्य उच्च अधिकारीहरु पनि संलग्न पाइएका छन् ।

अहिले अख्तियारले नेपाल टेलिकममा कार्यरत र भुतपूर्व कर्मचारीहरु गरी ४२ जनाबाट यो मामलामा बयान लिने क्रम चलाएको छ । यो एएमएस एक्स्टेन्सन हुँदा बिलिङको मेन्टिेनेन्स अर्थात् पुननिर्माणको जिम्मा संगीता पहाडी चिफ कमर्शियल अफिसर सीसीओ कै अन्तर्गत थियो । यससम्बन्धी समितिमा उनी पनि संलग्न थिइन् ।

नेपाल टेलिकमको संचालक समितिको बैठकहरु (बैठक नं. ९९९ देखि हाल सम्म बिलिंग प्रणालीको लागि एएमएस विथ अपग्रेड खरिद गर्ने सम्बन्धी समितिहरु रिभ्यु एमओएम, रिभ्यु स्वीकृति तथा संचालक समितिमा पेश गर्ने टिप्पणीमा उनी संलग्न रहेको तथ्य भेटिन्छ । यी मामलामा अनियमितता भएको खुलेपछि अख्तियारले छानविन चलाइरहेको छ । हालै अख्तियारले मागेको विवरण अनुसार उर्पयुक्त समितिहरुमा पहाडीको संलग्नता देखिन्छ ।

सुनिल पौडेल प्रबन्ध निर्देशक हुदाँ र पहाडी सीसीओ हुँदा बिलिङको टेन्डरलाई अन्तिम रुप दिइएको थियो । यो टेण्डरमा पनि सेटिङ्ग गरी सिमित कम्पनीहरु मात्र सहाभागी हुने गरी बोलपत्र निकालिएको छ । टेण्डरमा गार्टनर म्याजिक क्वाडरान्ट भनेर उल्लेख छ, जसमा सिमित कम्पनीहरु मात्रै भाग लिन सक्छन । हुवावेलाई बिलिङको ठेक्का दिन यस्तो षड्यन्त्र गरिएको स्रोतले बताएको छ । सन् २०१८ मा गार्टनरले छनोट गरेका कम्पनीबाहेक अन्यले भाग लिन नपाउँदा टेलिकमको अर्बौं डुब्ने खतरा छ । त्यसैले यस टेण्डरबारेमा पनि पुनर्विचार गरिनुपर्ने टेलिकमका कर्मचारी बताउँछन् ।

अहिले मन्त्रालयले नयाँ प्रबन्ध निर्देशक को छनौट प्रकृया अगाडि बढाउन शुरु गरिएको छ । यो बिलिङको टेण्डरमा आउने कमिशनको लोभ देखाएर संगीता पहाडीले सञ्चार मन्त्री रेखा शर्मा र प्रधानमन्त्रीको सुपुत्री गंगा दाहाललाई प्रलोभनमा पार्न कोशिश गरिरहेकी छिन् । यसका लागि उनले विश्वासपात्र खटाएकी छिन् ।

उनी यही प्रलोभनसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति पाउन प्रयासरत छिन् । यो भनेको सुनिल पौडेलकै टिमले निरन्तरता पाउनु हो । जसका कारण विगतमा भएका भ्रष्टाचारका काण्डको फाइल लुकाउने देखि यो छानविन नै कमजोर हुन्छ । टेलिकम माफियाहरु यही खेलमा हात धोएर लागेका छन् ।

टेलिकमलाई धराशायी बनाउने र भ्रष्टाचारीको अखडा बनाउने खेल अन्तर्गत सबे भइरहेको छ । जसका कारण राज्यको अरबौं रकम डुबाउन खोजिएको छ । संगीता पहाडीलाई सुनिल पौडेलकै विगतका अनियमित कार्यको निरन्तरताका रुपमा बढाउन एउटा गिरोह सक्रिय छ ।

नेपाल टेलिकममा सुनिल पौडेलले नियुक्ति पाए पछि सिंगल भेन्डर धेरै नै गरिएको छ र यसमा सुनिल पौडेललाई पहिला देखि नै संगीता पहाडीले साथ दिएकी थिइन् । तर, टेलिकममा विगतमा भएका ठूला काण्डमा सुनिल पौडेल एक्लैले गरेका भने होइनन् । टेलिकममा ठूलै भेटी चढाएर नियुक्ति पाएपछि सुनिल पौडेलले सिंगल भेन्डर टेन्टर अर्थात् एकलौटी टेन्डर धेरै गरेका छन् । यसमा पौडेललाई पहिला देखि नै हालकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले साथ दिइन् ।

पहाडी चिफ कमर्शियल अफिशस सीसीओ भए दखि नै कयौं प्रकारका टेण्डरहरुमा पौडेलसँग मिलेर एकलौटि रुपमा टेण्डरको स्पेशिफिकेशन तयार गरी एउटै कम्पनीलाई मिल्ने गरी टेण्डर आह्वान गरिएको थियो । पौडेललाई आफै निलम्बन हुनु भन्दा पहिला जानकारी प्राप्त हुनासाथ उनले संगीता पहाडीलाई चिफ टेक्निकल अफिशर सीटीओमा स्थानान्तरण गरिएको थियो । नेपाल टेलिकममा वरिष्ठताको आधारमा हाल कार्यरत निमित्त प्रबन्ध निर्देशक पहाडी त्यति बेला चौथो नम्बरको वरियतामा थिइन् । तर, आफूहरु फस्न लागेको देखेर पौडेलले मन्त्रालयको सिफारिसमा पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाउन सफल भए ।

पहाडीलाई निमित्त प्रबन्ध निर्देशक बनाए पछि पौडेलको कामहरुले निरन्तरता पाएको छ । यसको उदाहरण हो हुवावे सिंगापुरलाई इन्टरकनेक्शन बीओआई एन्ड एसेसरिज टेन्डर र एमएपी इन्टरप्रेनर्सलाई अप्टिकल फाइबर टुल्स र अप्टिकर फाइबर टुल्स एसेसरिज टेन्डरहरु ।

यी सबै टेण्डरहरुमा स्पेशिफिकेशन एउटा मात्रै कम्पनी पूर्व छनोट हुने गरी बनाइएको छ । एउटै कम्पनिलाई प्रिक्वालिफाइड गर्ने योजनामा ठूलै घोटाला भेट्न सकिन्छ । अहिले अख्तियारले यी सबै टेण्डरहरुलाई छानबिन गरिरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्