Logo
Logo

सुनको भन्सार महसुलमा वृद्धि, तस्कर मालामाल


567
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुनमा भन्सार महसुल वृद्धि गरेका छन् । अर्थ मन्त्रालयले सुनमा भन्सार महसुल बढाएर २० प्रतिशत पुराएको छ । सुनको भन्सारमा वृद्धि हुँदा तस्करीलाई मार्जिन बढ्ने देखिएको छ ।

सुन तस्करले १ तोला (११.६६ ग्राम) सुनमा २८ हजार ४ सय मार्जिन बस्नेछ । जसमा एक किलो सुन तस्करी भएर आउँदा २४ लाख ३५ हजार मार्जिन बस्नेछ ।

भन्सार महसुल बढ्दा सुन व्यवसायमा गम्भीर असर परेको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । उनले सरकारले सुन व्यवसायलाई बुझ्नै नसकेको गुनासो गरे ।

उनले सुनको मूल्यमा भन्सार थप हुँदा आन्तरिक बजार मात्रै नभएर गहना निर्यात ठप्प हुने अवस्था रहेको बताए । अर्थ मन्त्रालयले भन्सारको मूल्य बढाउँदा नेपालमा भन्दा भारतमा सुन सस्तो पर्ने विज्ञहरूको भनाई छ ।

बुधवार को मूल्य सूचि अनुसार भारतमा प्रतितोला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ छ । नेपालमा भने सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ पुगिसकेको छ । यसरी हेर्दा भारतमा भन्दा नेपालमा प्रतितोला नै ८ हजार सुन महँगो भैसकेको छ ।

हालसम्म नेपालबाट भारतमा सुन तस्करी भैरेकोमा अब भारतबाट नेपालमा सुन तस्करी हुनेछ । खुला सिमानाका कारण सुन सजिलै भित्रिने व्यवसायीहरूको तर्क छ । सुन आफैँमा तयारी वस्तु नभएर कच्चा पदार्थ भएको व्यवसायीहरूको तर्क छ । सुन उद्योगलाई सरकारले खराब दृष्टिले हेरेको सुन व्यवसायी शाक्यको भनाइ छ ।

अर्थमन्त्री पुनलाई सुन तस्करहरूकै दबाबमा सुनको भन्सार मूल्य वृद्धि गरेको आरोप लागेको छ । पछिल्लो समय माओवादीका उच्च तहका नेताहरू सुन तस्करमा सहभागी भइरहेका छन् । 

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, कृष्ण बहादुर महरा, उनका छोरा राहुल महरा ठूला सुन काण्डमा मुछिएका छन् । कृष्ण महराले आफू पार्टीका सानो सुन तस्कर भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् । ठूला सुन तस्कर पार्टीभित्रै रहेको उनले संकेत छ ।

प्रतिक्रिया दिनुहोस्