Logo
Logo

शेयर बजारको आरालो यात्रा


126
Shares

काठमाडौं । शेयर बजार (नेप्से) परिसूचक बुधबार ५ दशमलव ५८ अंकले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा झरेको छ । बुधबार फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अंकले घटेको छ ।

बुधबार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

बुधबार ३ सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्