Logo
Logo

एकीकृत समाजवादीको महाधिवेशनः प्रतिनिधि बन्न तीन वर्ष सदस्यता लिएको हुनुपर्ने


567
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्नका लागि कम्तीमा ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने छ ।

२०७८ साल भदौमा एमालेबाट विद्रोह गरेर गठन भएका पार्टी जम्मा ३३ महिना मात्र पुगेको छ । एकीकृत समाजवादीको आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा दसौँ महाधिवेशन हुँदै छ ।

सङ्गठन विभाग प्रमुख तथा पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको प्रस्तावमा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटका ३ वर्षे पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने निति पारित भएको हो ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यले एमालेबाट आउनेहरुमा समस्या नभएपनि अन्य पार्टीबाट एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको हकमा विवाद देखिएको बताए ।

ती नेताले प्रतिनिधि हुन राखिएको ३ वर्षे प्रावधानले नयाँ पार्टी भनेर जोडिएका इमानदार र ऊर्जाशील सदस्यहरूको मनोबल घट्न सक्ने दाबी गरे ।

एकीकृत समाजवादीले देशभर देशभर संगठित सदस्यको सङ्ख्या एक लाख ४६ हजार ७१७ जना रहेको उल्लेख गरेको छ । तिनै सदस्यहरूबाट १७ सय ७८ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । जसले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने अवसर पाउनुका साथै आफू पनि केन्द्रीय कमिटीमा आउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्