Logo
Logo

काठमाडौं महानगरले धूम्रपान, मद्यपान र लागुऔषधमा पूर्ण राेक लगाउने


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ।

आगामी आर्थिक वर्ष ०८१र८२ धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिएको नगर सभाको आजको बैठकमा महानगर प्रमुख बालेन साहले जानकारी दिए।

साथै उनले खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाएको बताए। महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाइ थियो। स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ।

आगामी आर्थिक वर्ष ०८१ र ८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए। हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीतिसमेत महानगरले लिएको छ।

प्रतिक्रिया दिनुहोस्